Home / Nepal / News / कोरोना संक्रमणका कारण २ बर्षीय बालिकाको मृत्यु,मृत्यु हुनेको संख्या ८ पुग्यो

कोरोना संक्रमणका कारण २ बर्षीय बालिकाको मृत्यु,मृत्यु हुनेको संख्या ८ पुग्यो

बाजुरा । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यो सगै नेपालमा संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुढिगंगा नगरपालिका एक घर भएका २ बर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो ।

आईतवार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको एक श्रोतले जनाएको छ ।

मृतक बालिकाकि २३ बर्षीय आमालाई पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा बिद्यालयको आइसोलेसनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साझँ राखिएको थियो ।

२ बर्षका उक्क्त बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए ।

बच्चाको उपचार त गरिरहेका छौ, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बताउका छन् ।

यद्यपी स्वास्थ्य निर्देशनालय औपचारीक पुष्टि भने बेलुकी चार पछि हुने बताएको छ। पछिल्लो समयमा बाजुरामा पनि देनिक पाँच देखि १० गाडी मानिस भारतवाट बाजुरा भित्रिएका छन् ।

जिल्लाका वास्थ्य संस्था लगायत ९० वटा सामुदयिक बिद्यालयका क्वारेन्टाइनमा भरिभराउ छन् । भारत तथा देशका विभिन्न ठाउँबाट जिल्ला भित्रिएसंगै क्वारेन्टाइन ब्यबस्थापन गर्न अप्ठेरो हुंदैगएको स्थानीयय अधिकारीहरुले बताएका छ्न् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *