विराटनगर : प्रदेश नम्बर–१ मा मंगलबार एक हजार २०६ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमितको संख्यामा यो अहिलेसम्मकै उच्च हो।
मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, तेह्रथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा चार, भोजपुर र पाँचथरमा दुई/दुई, खोटाङमा एक र प्रदेश–१ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा महिला ११४ र पुरुष १८५ सहित २९९, सुन्दरहरैचामा ३८, लेटाङमा ३७, रतुवामाईमा १९, सुनवर्षी र कानेपोखरीमा १२/१२, कटहरीमा ११, बेलबारीमा नौ, उर्लाबारीमा ६, पथरीशनिश्चरेमा चार, रंगेली र जहदामा तीन/तीन, मिक्लाजुङ, धनपालथान, केराबारी, ग्रामथान र बुढीगंगामा दुई/दुई, स्थानीय तह नखुलेका एक, सुनसरीको धरानमा १०६, इटहरीमा १००, बर्जुमा ३५, इनरुवामा २८, गढीमा नौ, दुहवीमा आठ, देवानगन्जमा पाँच, बराहक्षेत्र, भोक्राहानरसिंह चार/चार, हरिनगर र कोशी गाउँपालिकामा दुई/दुई, रामधुनीमा एक र स्थानीय तह नखुलेका पाँच संक्रमित थपिएका छन्।
यस्तै, झापाको बिर्तामोडमा ७१, भद्रपुरमा ४६, दमकमा २९, कनकाईमा २५, अर्जुनधारामा २०, मेचीनगरमा १८, हल्दिबारीमा १५, बुद्धशान्तिमा १२, शिवसताक्षी र कचनकवलमा सात/सात, कमल गाउँपालिका र स्थानीय तह नखुलेका चार/चार, गौरीगन्ज र गौरादहमा दुई/दुई, बाह्रदशी र झापा गाउँपालिकामा एक/एकजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
त्यसैगरी, धनकुटाको धनकुटा नगरपालिकामा २६, छथरमा १५, महालक्ष्मी, सहिदभूमि र पाख्रिवासमा एक/एक र स्थानीय तह नखुलेका दुई, तेह्रथुमको आठराईमा २६, इलामको इलाम नगरपालिकामा २४, चुलाचुली, माईजोगमाई र फाकफोकथुम एक/एक, उदयपुरको कटारीमा १६, चौदण्डीगढी र त्रियुगामा एक/एक र स्थानीय तह नखुलेका दुई, ताप्लेजुङको फुङ्लिङमा तीन र श्रीजंगामा एक, भोजपुरको हतुवागढी र भोजपुरमा एक/एक, पाँचथरको हिलिहाङ र फिदिममा एक/एक र खोटाङको बराहपोखरीमा एकजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
योसँगै प्रदेश–१ मा कोरोना संक्रमितको कुल संख्या ४६ हजार ५६९ पुगेको छ। त्यसमध्ये ३१ हजार ३४८ संक्रमणमुक्त भएका छन्। मंगलबार २८८ जना संक्रमणमुक्त छन्।
प्रदेश–१ मा सक्रिय संक्रमितको संख्या १४ हजार ५४१ पुगेको छ। यहाँ मंगलबार दुई हजार ४५४ नमुनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ५०० महिला र ७०६ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।






