Home / Nepal / News / कमलादीको होटेलबाट एक भारतीय सहित ९ हाई प्रोफाइल व्यवसायी जुवा खेल्दै गरेको अवस्थामा पक्राउ

कमलादीको होटेलबाट एक भारतीय सहित ९ हाई प्रोफाइल व्यवसायी जुवा खेल्दै गरेको अवस्थामा पक्राउ

काठमाडौँ । काठमाडौँको कमलादीबाट जुवा खेल्दै गरेको अवस्थामा ९ जना व्यवसायी पक्राउ परेका छन् ।

कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट प्रहरीले उनीहरुलाई जुवा खेल्दै गर्दा रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा व्यवसायी अशोककुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा तथा होटल संचालक भारतीय नागरिक मिक्की जोगाई रहेका छन् ।

काठमाडौंको कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृतका प्रवक्ता सुशील कुमार यादवले जानकारी दिए ।

जुवा खोलाएको कोठा सिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भिडियो हेर्नुहोस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *