काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १४० जना कोभिड संक्रमित थपिएका छन्।
आज काठमाडौंमा ९२१ भक्तपुरमा ५६ र ललितपुरमा १६३ जना नयाँ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ९९१ रहेको छ।






