Home / Politics / “केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो।”- योगेश भट्टराई

“केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो।”- योगेश भट्टराई

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर थाहा पाएको बताएका छन्।

भट्टराईले ओलीलाई केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै कुर्सीप्राप्त गरेको यथार्थलाई नभुल्न सुझाव दिनुका साथै ओलीले उनलाई ‘केटो’ भन्दै कटाक्ष गरेपछि जवाफमा योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो।”

केपी ओलीले काठमाडौंमा शनिबार आयोजित प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा योगेशको नाम उच्चारण नगरी आफूले मन्त्री बनाउँदा ‘लात्ति’ हानेको बताएका थिए। “म कुनै बैगुनी केटा केटीको बारेमा कुरा गर्न चाहन्न। हाम्राबीचमा पनि त्यस्ता देखिएका छन्। दौडीदौडीकन गएर भोट मागरे यो केटालाई जिताएर पठाउनुस्। मन्त्री बनाएर पठाइदिन्छु। मन्त्री बनाइयो। एक दिन त पुक्क लात्तिले हानेर भाग्यो। को भनेर हेरेको त उही केटो,” ओलीले भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *