Home / Nepal / News / काठमाडौंको तापक्रम ८.८ डिग्री सेल्सियस, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौंको तापक्रम ८.८ डिग्री सेल्सियस, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं : काठमाडौंको आजको विहान साढे ६ बजेको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ।

मौसमविद् निराजन सापकोटाका अनुसार काठमाडौंमा दिउँसो १८–२० डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान गरिएको छ। उनका अनुसार अहिले विहान काठमाडौंमा मौसम बदली रहेको छ। बादल लाग्ने र घाम लागे क्रम चलिरहने छ। दिउँसो आंशिक बदली रहने छ।

तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यो क्रम बेलुकासम्मै चल्ने छ। पूर्वी तराईमा अझै केही दिन बाक्लो हुस्सु र कुहिरो लाग्ने सापकोटा बताउँछन्।

बाक्लो हुस्सु र कुहिरोका कारण तराईमा सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भन्दै सचेत हुनुपर्नेमा उनले जोड दिए। आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *