मुम्बई : बलिउड चलचित्र ‘रामायण’मा अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण राम र सीताको रुपमा देखिने भएका छन्।
निर्माता मधुको ‘ड्रिम प्रोजेक्ट’ रामायण उनी एक्लैले निर्माण गर्न लागेका हुन्। चर्चित महाकाव्यलाई निर्माता मधु मन्तेनाले चलचित्रमा उर्तान लागेका छन्। तीन सय करोड लगानीमा बन्ने लागेको सो चलचित्र छायांकनका लागि तयार भइसकेको छ।
रामायणका ‘फ्रन्ट–रनर’ दीपिका र ऋतिकका साथै चलचित्रका ‘ए लिस्टर’हरु ‘फाइनलाइज’ भइसकेका छन्।
चलचित्रलाई ‘दंगल’ रिलिज गरेका निर्देशक नितेश तिवारीले निर्देशन गर्दै छन्। ठूलो लगानीमा बन्न लागेको यस चलचित्र थ्रीडीमा निर्माण हुनेछ।






