काठमाडौं । थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छन्।
थाइल्याण्डमा रहेकी हिमानी मंगलबार अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएकाे विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए।
नेपाल एअरलाइन्सको विमानमार्फत् हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि स्वदेश फर्किएका हुन्।
ऊनीहरुले पिसिआर परीक्षण गरेर स्वदेश आएकाे श्रोतले बताएको छ ।






