Home / Nepal / News / गाईजात्रामा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

गाईजात्रामा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं : सरकारले यस वर्षकाे गाईजात्राको पर्वकाे अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने भएको छ।

बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते परेकाे गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकाे कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यसअघि सरकारले गाईजात्रामा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *