Home / Politics / लकडाउनको मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी, मन्त्रिपरिषद बैठक बस्दै

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी, मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । सरकारले कोरोनाभइरसको रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

त्यसबारे निर्णय गर्न आज अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

एक मन्त्रीका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुने बताए ।

 यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्ने बताइएको छ ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ ।

यसै विषयमा प्रधानमन्त्री  केपी शर्मा ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गर्नुभएको  थियो । लकडाउनको अवधि लम्बिदै जादा व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *