Home / Nepal / आज सुनको मूल्य कति पुग्यो ?

आज सुनको मूल्य कति पुग्यो ?

काठमाडौं । सुनको मूल्य सोमबार प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार सात सय रुपैयाँ पुगेको छ। 

गत शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँ तोकिएको छापावाल सुन आइतबारसम्म सोही मूल्यमा किनबेच भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य पनि सय रूपैयाँ बढेको छ। महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय ६५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *