Home / Nepal / News / पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिए, संक्रमितको संख्या ६ हजार २११ पुग्यो

पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिए, संक्रमितको संख्या ६ हजार २११ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएका छन् । 

देशभर पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताएका छन् ।

 उनका अनुसार नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र  ३५ महिला रहेका छन् । 

यसअघि दैनिक संक्रमित थपिनेको संख्या सबैभन्दा बढी ४३३ रहेको थियो । 

जम्मा संक्रमितको संखया ६ हजार २११  पुगेको छ । देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

हालसम्म देशभर कोरोना संक्रमित उपचारपछि एक हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा  १०४ महिला र  र ९३७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । जसमा ६० पुरुष र ७ महिला रहेका छन् । 

देशभर हालसम्म एक लाख ३८हजार ६८३ पीसीआर परीक्षण गरिएको छ भने २ लाख १९ हजार ३३६ जनाको आरडीटी परीक्षण गरिएको  छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा १ लाख ३३ हजार ८२९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार १५१ कोरोना संक्रमितहरु रहेका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *