काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ।
नुवाकोट सिसडोल बन्चरे क्षेत्रका स्थानीय फोहोरको अवरोध हटाउन सहमत भएपछि आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो। काठमाडौंमा लामो समयदेखि फोहोर उठ्न सकेको छैन।
मंगलबार काठमाडौं महानगरको वातावरण तथा कृषि विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी गाउँपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीसहित सिसडोल बन्चरे क्षेत्रका स्थानीयबीच भएको वार्ताबाट १४ बुँदे सहमति अब निर्बाध फोहोर ढुवानी हुने भएको छ।






