काठमाडौं : मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्युहुनेमा मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बू रहेका छन। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा गए राति पौने ११ बजे मृत्यु भएको जनाइएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०५ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १, ०२, ०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब साढे ८ बजे ठक्कर दिएको थियो। टिपर चालकलाई प्रहरीचौकी गछियाले नियन्त्रणमा लिएको छ।






