पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार १४ पुगेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार १४ पुगेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा बिहान ८ बजेको तथ्यांकअनुसार थप आठजना नयाँ संक्रमित फेला परेका छन् ।
फेला परेका सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माले जानकारी दिए ।






