Home / Nepal / News / मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं : चीन पुर्‍याएर २३ वर्षीया नेपाली युवती बेचेको अभियोगमा काभ्रेका किरण तामाङ पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुरको सानेपाबाट काभ्रे घर भई ललितपुरको पाटन बस्ने तामाङलाई सोमबार
पक्राउ गरेको हो।

तामाङले ती युबतीलाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारेर गैरकानुनी तवरले गत पुस २५ गते चीन पुर्‍याएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफूसँगै चीनको सान्दोङ प्रान्त हेज सहरको ताङ-लो टोलमा बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्‍याई झुक्याई बिक्री गरेको ब्युरोले एक प्रेस विज्ञप्तिमा जनाएको छ। ती युवतीलाई ताम्पु थोङ भन्ने चिनियाँ पुरुषले शारीरिक र मानसिक यातना दिई बन्धकएको अवस्थामा आफन्तसँग सामाजिक सन्जालमार्फत आफू बिक्री भएको र यातना पाइरहेको जानकारी गराएकी थिइन्।

उनका आफन्तले ब्युरोलगायत विभिन्न निकायसँग समन्वय गरी गत कात्तिक १२ मा पीडित (बबरमहल) लाई नेपाल फर्काइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *