Home / Sports / युरोकप अन्तरगत गए राती भएको खेलमा फ्रान्स र पोर्चुगल बिजयी

युरोकप अन्तरगत गए राती भएको खेलमा फ्रान्स र पोर्चुगल बिजयी

युरो कप अन्तर्गत मंगलबार राती भएको खेलम फ्रान्सले जर्मनीलाई पराजित गरेको छ भने पोर्चुगल्ले हंगेरीमाथी जित निकालेको छ्।
समूह ‘एफ’ अन्तरगत भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो।

जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्स का लागि जित निकाल्न का लागी उपहार सिद्द भएको थियो। खेलको २० औं मिनेटमा फ्रान्सका लुकास हर्नान्डेजको क्रस रोक्ने क्रममा हुमेल्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

खेलको ६६ मिनेटमा फ्रान्सका एमबाप्पेले गोल गरेता पनि त्यसलाइ रेफ्री ले अफसाइड दिएका थिए । खेलको ८६ मिनेटमा एमबाप्पे ले दिएको पासलाइ करिम बेन्जिमाले पनि बललाई गोलपोस्टको दिशा देखाए पनि गोलमा परीणत हुन सकेन अन्ततः नतिजा फ्रान्सको पोल्टामा गयो।

यस अघी समुह एफ कै पोर्चुगल र हंगेरी बिच भएको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको २ गोलको मद्द्तले हङेरीलाइ ३-० को हार चखाएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *