काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को कारण लकडाउन लागू भएसँग बन्द गरिएको वैदेशिक रोजगारी पुनः खुला भएको छ ।
सरकारले सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अुनसार श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान पाइनेछ ।






