Home / Nepal / Blog / शीर्षक : आधार खोज साथी

शीर्षक : आधार खोज साथी

लेखक : सोमनाथ दाहाल (७६६७)

छन्द : दिक्पाल

यस्तो नयाँ छ काला पानी भनेर बस्छौँ
हाम्रो छिमेक कालो चाटेर साफ गर्छौँ ।
संसारमा सदा ती भन्दैछ खान पाथी
मान्छे भएर बाँच्ने आधार खोज साथी ।।

त्यो सत्य धुन्धुकारी सोच्दैछ सर्व कृष्ण
थाहा हुनेछ त्यहीँ नेपाल रक्त उष्ण ।
माग्ने यहाँ छ सारा माग्ने अझै छ वीथी
मान्छे भएर बाँच्ने आधार खोज साथी ।।

नेता सबै मगन्ते आचार सत्य छैन
मान्छे धनी छ इच्छा दुःखी सदा छ ऐन ।
हाम्रो सदा छ आँखा सारा विकास माथि
मान्छे भएर बाँच्ने आधार खोज साथी ।।

भाँडो सदा भिखारी बोक्दै विदेश कुद्छ
प्रातः गएर दिल्ली त्यो साँझ चीन पुग्ने ।
त्यो खान्न भन्छ माना खादैछ चार पाथी
मान्छे भएर बाँच्ने आधार खोज साथी ।।

बढ्दैछ अश्रुधारा हाम्रो समाज भित्र
सारा मिलेर पारौँ यो देशमा पवित्र ।
नेतृत्व आज हिँड्यो यो देश भित्र माती
मान्छे भएर बाँच्ने आधार खोज साथी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *