Home / Nepal / चलचित्र ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायांकन सुरु

चलचित्र ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायांकन सुरु

काठमाडौं : चलचित्र ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायांकन सुरु हुने भएको छ।

चलचित्र ‘रीत’ लिम्बू भाषा संस्कृतिमा आधारित लिम्बू चलचित्र हो। चलचित्र ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

यी दुवै चलचित्रको निर्देशन दिनेश लिङ्देनले गर्ने छन् । ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने छ भने ‘अञ्जली’ काठमाडौं उपत्यका आसपासमा छायांकन गरिने जारी विज्ञप्तिमा उल्लेख छ।

दुवै चलचित्रमा एलिना बासकोटा, विमला खजुम, पूर्व राज्यमन्त्री श्रीप्रसाद जबेगू, स्मृति लिम्बू, असली बनेम, सागर केरुङ, पुन्य ओझा लगायत कलाकारको अभिनय रहनेछ।

मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै चलचित्रमा सागर केरुङको कथा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *