हामीले हाम्रो जीवनमा आमा बाबुको स्थान उच्च राख्ने गर्दछौं आमा बुबा बाचुन्जेल मात्र नभएर मृत्यु पछि पनि उत्तिकै महत्वपूर्ण रहनुहुने गर्दछ।
आज भाद्र शुक्लपूर्णिमा चन्द्रमान अनुसार आज बाट आश्विन कृष्ण पक्षलाई पितृपक्ष अथवा सोह्र श्राद्ध सुरु हुन्छ जुन दिबङगत पितृहरुको सम्झनामा गर्ने गरिन्छ।
आफ्ना दिबङ्गत पितृहरुलाइ तृप्त तुल्याउनका लागि आश्विन कृष्ण पक्ष विशेष मानिन्छ त्यसैले यसलाई पितृपक्ष भन्ने गरिन्छ।
भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भन्ने गरिएको हो।
पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले धार्मिक कार्यमा समेत रोक लगाइएको छ।
यसबाट श्राद्द कसरी गर्ने भन्ने बारेमा अन्योल उत्पन्न भएको छ। एक थरीका विद्वानहरुले प्रबिधिको प्रयोग गर्दै भर्चुअल बिधिबाट गर्ने सुझाव दिने गरेका छ्न भने अर्काथरी विद्वानहरुले यसलाई बिसङतीको रुप दिदै यसलाई समाजिक दुरी कायम राख्दै पुरोहितकै सामुन्ने श्राद्द गर्न सुझाव दिएका छन।
श्राद्द भनेको श्रद्दाले गरिने विशेष सम्झना भएकोले सफा शुद्ध भई स्नान गरी शुद्ध बस्त्र लगाएर पितृको सम्झना गर्ने र चरा जनावरलाई खानेकुरा दिएर परिवार भित्र नै सिमित गराएर कुनै सहज समयमा श्राद्द गर्नु नै अहिलेको समाधान हुनसक्छ।
विषम परिस्थितिलाई ध्यानमा राखी सरकारले जारि गरेका नियम भित्र रहेर आफ्नो पैतृक कार्य सम्पन्न गर्न अहिलेको टड्कारो आवस्यकता रहेको छ।






