Home / Nepal / News / सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भूकम्पको धक्का

बैतडी : सुदूरपश्चिम प्रदेशमा आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको छ। यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उनले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ।

यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *