Home / Society / कोरोनाले राजधानी उपत्यकाको स्थिति थप भयावह बन्दै

कोरोनाले राजधानी उपत्यकाको स्थिति थप भयावह बन्दै

काठमाडौं: उपत्यकामा आइतबारमात्रै थप ९२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौंमा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएको हो।

आइतबारसम्म उपत्यकाका काठमाडौ भक्तपुर र ललितपुरमा गरि जम्मा १ हजार १३६ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा सबैभन्दा बढी संक्रमित ९१२ जना संक्रमित रहेको पुष्टि भएको छ।
ललितपुरमा १३९ जना संक्रमित छन् भने भक्तपुरमा ८५ जना संक्रमित रहेका छन्।

उपत्यकामा लकडाउन अन्त्य भएसँगै मानिसको आवज जावज बढेकोले कोरोना संक्रमितको संख्यामा हवात्तै बृद्धि भएको हो।


समयमा सतर्कता अपनाउन विज्ञहरुले सुझाब दिदै आए पनि जनस्तर बाट पालना नगरेकोले स्थिति भयावह हुन सक्नेकुरामा बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *