काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–८, गैरीगाउँका ३० वर्षीय सुरेश लामा रहेका छन्।
हिजो साँझ करिब साढे ६ बजे बा३५प ५२५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।






