Home / Nepal / ‘मिस्टर एन्ड मिस टिन शेर्पा’ को उपाधि जिते डोल्मा छिरिङ शेर्पा र युगेन शेर्पाले

‘मिस्टर एन्ड मिस टिन शेर्पा’ को उपाधि जिते डोल्मा छिरिङ शेर्पा र युगेन शेर्पाले

काठमाडौं : ‘मिस्टर एन्ड मिस टिन शेर्पा २०२१’ को तेस्रो सिजन सम्पन्न भएको छ।

प्रतियोगिताको तेस्रो सिजनमा मिस टिन शेर्पातर्फ सोलुखुम्बुका डोल्मा छिरिङ शेर्पा र मिस्टर टिन शेर्पातर्फ रामेछापका युगेन शेर्पाले उपाधि जितेकी हुन्। विजेता दुवैले शीर्ष उपाधि सँगै २०/२० हजार रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन्।

यस्तै मिस्टर टिन शेर्पातर्फ दावा जङबु शेर्पा फर्स्ट रनरअप र गौतम शेर्पा सेकेन्ड रनरअप बनेका छन्। मिस टिन शेर्पातर्फ डोल्मा शेर्पा र मिङमा शेर्पा क्रमश: फर्स्ट र सेकेन्ड रनरअप बने। फर्स्ट र सेकेन्ड रनरअपहरुले क्रमशः १५ र १० हजार रुपैयाँ नगदसहित अन्य पुरस्कारहरु प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *