Home / World News / बिराट कोहलीको कमजोर प्रदर्शनका बापजुद रोयल च्यालेन्जर्स बैंगलोरको बिजयी सुरुवात

बिराट कोहलीको कमजोर प्रदर्शनका बापजुद रोयल च्यालेन्जर्स बैंगलोरको बिजयी सुरुवात

आबुधाबी: आईपीएल अन्तरगत हिजो राती भएको खेलमा ” रोयल च्यालेन्जर्स बैंगलोर”ले “सनराइजर्स हैदराबाद” माथी जित हासिल गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको बैंगलोरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय ६३ रनको सामान्य लक्ष प्रस्तुत गरेको थियो।

जसकालागि देवदत्त पडिकलले ४२ बलमा ५६ रन बनाएका थिए भने एबिडीभिलर्सले ३० रनमा ५१ रन बनाए। विराट कोहली भने सस्तैमा आउट भएका थिए।

बैंगलोरको जितमा यजुवेन्द्र चहलले ४ ओभरमा १८ दिदै ३ विकेट लिएका थिए भने नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए।

१ सय ६४ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले २ बल बाँकी बाकी रहदै सबै विकेट गुमाएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *