Home / Nepal / News / सेयर बजारमा ओरालो

सेयर बजारमा ओरालो

काठमाडौं : मंगलबार प्रि–ओपन सेसनमा बढेर खुले पनि नियमित कारोबार सुरु भएसँगै सेयर बजार ओरालो लागेको छ।

कारोबार सुरु भएको दुई घण्टा बित्दा बजार परिसूचक नेप्सेमा ८७.४९ अंकले ओरालो लाग्दा २५२०.१७ अंकमा झरिसकेको छ।

नेप्सेमा सबै उपसूचक रातम्यै हुँदा कारोबारमा आएका चार कम्पनीबाहेक सबैको सेयर मूल्य घटेको छ। संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा बहस सकिसकेको अवस्थामा सर्वोच्चको निर्णयपछि राजनीतिमा हुनसक्ने अनेक अड्कलबाजी र हल्लाले गर्दा सेयर बजार प्रभावित भएको छ।

हल्लाकै भरमा लगानीकर्ता बजारबाट बाहिरिन खोज्दा कारोबार सुरु भएको दुई घण्टामै ५ अर्बमाथिको कारोबार भएको छ। दिउँसो १ बजेसम्म ५४० हजार ८३७ कारोबारमा १९८ कम्पनीको ९७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोडको कारोबार भएको छ।

अन्य र हाइड्रोपावर उपसूचक ४ प्रतिशतमाथिको पहिरो जाँदा बैंकिङ, जीवन र निर्जीवन बिमा, वित्त कम्पनी उपसूचक ३ प्रतिशत र विकास बैंक उपसूचकमा साढे ३ प्रतिशतमाथिको पहिरो गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *