बुटवल: लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहिबार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ।
मृत्यु हुनेमा ३१ वर्षीय पुरुष, ६६ वर्षिय पुरुष र ७२ वर्षिया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताउनु भएको छ ।
आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।






