Home / World News / भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार ४०८ पुग्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार ४०८ पुग्यो

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार ४०८ पुगेको छ ।

  भारतमा कोरोना संक्रमणको संख्या एक लाख ९० हजार ६०९ पुगेको छ । 

भारतमा गत चौबीस घण्टामा आठ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित नयाँ बिरामी फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयले गत चौबीस घण्टामा थप आठ हजार ३८० नयाँ संक्रमित फेला परेका जनाएको छ ।

भारतमा कुल संक्रमित मध्ये ८६ हजार ९८३ जना उपचारपछि घर फर्किएका छन् ।

मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भारतमा कोरोनाबाट ‘रिकभर’ (सञ्चो) हुने दर ४७.७६ प्रतिशत रहेको बीबीसीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *