Home / Nepal / क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

दैलेख । दैलेखको दुल्लु नगरपालिका ७ स्थित विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टिनमा बसेका एक युवकको शनिबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुल्लु नगरपालिका ११ का ३५ वर्षीय पुरुष रहेका छन् ।

बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा उनी एक्कासी बेहोस भएका थिए ।

१२ दिनअघि भारतबाट आएका उनको बेहोस भएलगत्तै मृत्यु भएको जनाइएको छ ।

क्वारेन्टिनमा बसेका सबैको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा पठाइए कोछ ।

यस्तै, दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोराना पोजिटिभ देखिएको छ ।

संक्रमण देखिएका उनीहरु सबै भारतबाट आएका हुन् । दैलेखमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *