Home / Nepal / कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं : कैलालीको बर्दगोरिया गाउँपालिका–१, टिनबजारमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका–१, उत्तरमुडाका ७२ वर्षीय जगतबहादुर साउद छन्। बर्दगोरिया अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ।

से७प ८०२ नम्बरको मोटरसाइकलले साउद सवार साइकललाई हिजो राति करिब साढे ८ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीकै मोहन्याल गाउँपालिका–३, सल्लेरीका १६ वर्षीय दुर्गा बोगटीलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *