काठमाडौं : झापाको दमक नगरपालिका–४ मा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापाकै कन्काई नगरपालिका–३ का अन्दाजी ४३ वर्षीय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती भीमा बिष्ट रहेका छन्।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको जनाइएको छ।
उर्लाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नम्बर २, ०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले मंगलबार राति करिब सवा १० बजे ठक्कर दिएको थियो।
दुर्घटनामापश्चात् ट्रकसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।






