काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका प्रशासकीय अधिकृत रघु कँडेलसहित पाँच जनालाई ८ लाख घुससहित पक्राउ गरेको छ ।
गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रति आना २ लाखका दरले घुस मागेकामा ८ लाख २० हजारमा सहमती भई घुस लिँदै गर्दा अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
मंगलबार राती पक्राउ परेका उनीहरु प्रशासकिय अधिकृत कँडेलसहित ५ जनाबिरुद्ध थप अनुसन्धान भईरहेको छ ।






