Home / Nepal / प्रदेश २ मा फेरि कोरोना लागेर दुईजनाको मृत्यु, संक्रमितको संख्या करिब सात हजार

प्रदेश २ मा फेरि कोरोना लागेर दुईजनाको मृत्यु, संक्रमितको संख्या करिब सात हजार

जनकपुर । प्रदेश २ मा आइतबार कोरोना लागेर दुईजनाको मृत्यु भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका –१६ घर भएका ४३ वर्षीय एक पुरुष र पर्साको वीरगन्‍ज महानगरपालिका -१६ सुगौली घर भएका ४७ वर्षीय एकजना पुरुषको मृत्यु भएको हो । योसमेत प्रदेशभर मृतकको संख्या ४५ पुगेको छ । 

आइतबार प्रदेशमा जम्मा १४४ जना व्यक्तिमा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पष्टि गरेको छ । 

तीमध्ये धनुषामा आठ जना महिलासमेत ३२ जना, महोत्तरीमा एक जना महिलासमेत सात जना, बारामा दुई जना महिलासमेत छ जना, पर्सामा १५ जना महिलासमेत ६६ जना, सर्लाहीमा छ जना महिलासमेत १२ जना र रौतहटमा ११ जना महिलासमेत २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 

प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना महिलासमेत तीन जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ । यस्तै, पर्सास्थित उच्च सरकारी वकिल कार्यालयका एक जनामा कोरोना संक्रमण भएको छ । 

यीबाहेक विभिन्न अस्पताल र बैंकका कर्मचारी तथा विभिन्न स्थानीय तहका सर्वसधारण संक्रमित भएका छन् । 

प्रदेश २ मा कुल संक्रमितको संख्या छ हजार नौ सय ६५ पुगेको छ । ती मध्ये तीन हजार छ सय ८७ जना डिस्चार्ज भएका छन् । आइतबार ७५ जना अस्पतालमा निको भएर घर फर्केका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *