Home / World News / न्यूयोर्कमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू बन्द नै हुने

न्यूयोर्कमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू बन्द नै हुने

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने न्यूयोर्कका अधिकारीहरूले शनिबार बताएका छन् । 

“विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि धेरै रहेकाले जोखिममा विद्यालय खोल्न सकिँदैन,” न्यूयोर्कका नगर प्रमुख बिल डे ब्ल्यासियोले भने ।

उनले भने, “कोभिड–१९ सङ्क्रमण दर निरन्तर सात दिनसम्म तीन प्रतिशतभन्दा कम नहुँदासम्म व्यक्तिगत निर्देशनका आधारमा विद्यालय खोल्न सकिँदैन ।”

शैक्षिक सत्र २०२०-०२१ को शैक्षिक क्यालेन्डरलाई विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएपछि महानगरले विद्यालय सञ्चालकहरूसँगको सल्लाह अनुसार निक्र्योल गर्ने पनि उनले बताए । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *