Home / Nepal / News / धरान र विराटनगरमा कोभिड १९ का दुई संक्रमितको मृत्यु

धरान र विराटनगरमा कोभिड १९ का दुई संक्रमितको मृत्यु

विराटनगर । धरान र विराटनगरमा कोभिड १९ का दुई संक्रमितको मृत्यु भएकोछ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनमा प्लाज्मा थेरापी गरिएको थियो । मृतकलाई उच्चरक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या रहेको बताइएको छ । धरानमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसैगरी विराटनगरको कोभिड १९ अस्पतालमा अर्का एक पुरुषको मृत्यु भएको छ । विराटनगर ८ का ६५ वर्षीय पुरुषका गएराति मृत्यु भएको बताइएको छ । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *