Home / Nepal / News / पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा १०६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १३ हजार ५३ जना डिस्चार्ज भइसकेका छन् । 

हाल संक्रमितको संख्या ५ हजार ३८५ छ । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १८ हजार ४८३ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *