काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमण २७३ जनामा देखिएको छ ।
यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । हालसम्म कोरोना ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टा २७३ जनामा कोरोना संक्रमण देखिएको बताए ।
उनले कोरोना संक्रमण देखिने २४७ पुरुष र ३६ महिलामा कोरोना संक्रमण देखिएको बताए ।






