Home / Nepal / News / कोरोनाका २० संक्रमित थपिए, संक्रमितको संख्या ५ सय नाघ्यो

कोरोनाका २० संक्रमित थपिए, संक्रमितको संख्या ५ सय नाघ्यो

काठमाडौं । नोभेल कोरोना भाइरसका २० संक्रमित थपिएका छन् । 

आज कोरोना संक्रमितमा पाँच जना सुदूरपश्‍चिमका रहेका छन् । 

सेती प्रादेशिक अस्पतालमा भएको प्रयोगशालामा कोरोना परीक्षणमा कैलालीमा तीन जना १९, २३ र २६ वर्षीय पुरुष रहेका छन । डडेल्धुराका २८ वर्षीय १ जना, बैतडीका एक जना रहेका छन् । 

१४ जना संक्रमित बाँकेमा फेला परेका छन् भने एकजना रतुवामाई मोरङका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यसअघि शुक्रबार बिहान ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।

कुल संक्रमितको संख्या ५०७ पुगेको छ । हालसम्म कोरोना संक्रमित जिल्ला ४१ छन् ।

शुक्रबारसम्म ७० जना कोरोना संक्रमितको उपचारपछिको जाँचमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका छन् । शुक्रबारमात्रै २१ जना डिस्चार्ज भएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *