काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरीमा १ हजार ९ सय ८० जना नँया कोरोना सन्क्रमीत थपिएका छ्न भने
काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका भित्र काठमाडौंमा ७७९ , भक्तपुरमा ८५ र ललितपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो। सोमबार मात्र थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यस संगै नेपालमा हाल सम्म १ हजार ३ सय ३७ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १८ हजार ८८४ जना छन् भने ६ सय २९ जना क्वारेन्टाइनमा रहेका छन।
सोमबार ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।






