Home / Nepal / News / नेपालमा पछिल्लो चौबीस घण्टामा थप २२६ जना कोरोना सन्क्रमित थपिए,

नेपालमा पछिल्लो चौबीस घण्टामा थप २२६ जना कोरोना सन्क्रमित थपिए,

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप  २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९०३ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए ।

उनले पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ३ सय १० वटा नमुना परीक्षण गरिएको बताए ।

मन्त्रालयका अनुसार आज १ लाख ३३ हजार ९ सय ३३ जना सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा छन् ।

आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको देवकोटाले जानकारी दिए ।

 कोरोना निको हुनेको संख्या २२१ पुगेको छ । जसमा ४१ महिला र  १ सय ८० पुरुष छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *