Home / Nepal / News / मोरङमा दुई जना र धनकुटामा एक जनामा कोरोना संक्रमण पूष्टि

मोरङमा दुई जना र धनकुटामा एक जनामा कोरोना संक्रमण पूष्टि

बिराटनगर । मोरङमा २ र धनकुटामा १ जनामा कोरोनाको संक्रमण पूष्टि भएको जनाइएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिला तथा धनकुटाकी ३४ वर्षीय महिलामा कोरोना देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यायलस्थित कोरोना इन्फर्मेशन डेस्कले जनाएको छ । 

यो संख्यासहित प्रदेश १ मा कोभिड-१९ पुष्टि भएकाहरुको संख्या ३९ पुगेको छ । हालसम्म प्रदेश १ मा कुल १७ ले कोरोना परास्त गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *