Home / Nepal / News / अमेरिकामा कुल जनसंख्याको २.१ प्रतिशत भन्दा बढी मानिसमा कोरोना संक्रमण

अमेरिकामा कुल जनसंख्याको २.१ प्रतिशत भन्दा बढी मानिसमा कोरोना संक्रमण

काठमाडौं: कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या द्रुत गतिमा वृद्धि भइरहेको छ। सबै भन्दा बढी प्रभावित अमेरिकामा कुल जनसंख्याको २.१२ प्रतिसतमा कोरोना संक्रमण पुष्टि भएको छ।

हाल सम्म ७० लाख ९ सय २६ जनामा पुष्ठि भएको विश्व स्वास्थ संगठनले जनाएको छ। हाल सम्म अमेरिकामा २ लाख ४ हजार १ सय ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। अमेरिकामा ३३ करोड भन्दा बढी मानिसहरु बसोबास गर्ने गर्दछ्न।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा भारत र तेस्रोमा ब्राजिल रहेको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *