Home / Nepal / News / काठमाडौँ उपत्यकामा २०० जना कोरोना संक्रमीत थपिए

काठमाडौँ उपत्यकामा २०० जना कोरोना संक्रमीत थपिए

काठमाडौं । काठमाडौँ उपत्यकाका बिहीबार २०० जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या २६ सय ९६ जना पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका १७४ जना,  ललितपुरका १८ र भक्तपुरका ८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका १५९ जनामा कोरोना देखिएको थियो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म १२६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *