Home / Nepal / News / गण्डकी प्रदेशका चार जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशका चार जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १९, तनहुँमा ९, पर्वतमा ३ तथा बाग्लुङमा १ जना गरि थप ३२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माले जनाएका छन् । 

उनका अनुसार गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *