Home / Nepal / News / कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो

डोल्पा । डोल्पामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष रहेका छन् ।

नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको केही दिनपछि होम आइसोलेसनमा राखिएको थियो ।

उनको होम आइसोलेसनमै जेठ २० गते मृत्यु भएको थियो ।

मृतकको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा कोरोना परीक्षणका लागि पठाइएको थियो ।

जसमा शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

ती व्यक्तिमा कोरोना देखिएसँगै पुरै गाँउ सिल गरिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *