Home / Nepal / भरतपुर अस्पतालको आईसीयूमा युवकको मृत्यु, कोरोना परीक्षण गरिदै

भरतपुर अस्पतालको आईसीयूमा युवकको मृत्यु, कोरोना परीक्षण गरिदै

चितवन । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा शनिबार बिहान एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिकाका २७ वर्षीय युवक रहेका छन् ।

केही साता अघि भारतबाट फर्किएका उनको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा भर्ना गरिएका उनको उपचारका क्रममा आज बिहान करिब साढे १० बजे मृत्यु भएको छ ।

मृतकको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *