काठमाडौं । सिन्धुपाल्चोककी एक महिलाको मृत्युको कारण कोरोना नै भएको अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोककी एक महिलाको धुलीखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो ।
सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।






