Home / Health / मोरङको लेटाङ स्थित फडानीमा एकै टोलका १९ जनामा कोराना सन्क्रमण

मोरङको लेटाङ स्थित फडानीमा एकै टोलका १९ जनामा कोराना सन्क्रमण

मोरङ जिल्लाको लेटाङ नगरपालिका ०२ स्थित फडानीमा एकै टोलका १९ जना कोराना संक्रमित भएका छन्। 

 फडानी स्थित साकोस मार्गकमा एकै साथ ठूलो संख्यामा संक्रमित हुन पुगेका छन ।

वडा अध्यक्ष  तेज प्रसाद तिमल्सीनाका अनुसार टोलका धेरैमा सन्क्रमण पुस्ठी भएपछि टोललाई सिल गरी उनीहरुसँगको सम्पर्कमा आएका मानिसको पहिचान गरी कन्ट्र्याक ट्रेसिङ गर्ने र स्बाव संकलन गरी पिसिआर परीक्षणको लागि पठाउने काम भईरहेको बताए ।

वडा अध्यक्ष तिमल्सीनाले साकोस मार्गमा एकै परिवारका चार जनासम्म कोराना संक्रमित बनेका छन् । थप धेरैमा पनि कोराना संग मिल्दो जुल्दो लक्षण देखिएको ले आज थप १२ जनालाई पिसिआर परीक्षणका लागि पठाइने भएको छ ।

‘गाउँले धेरैमा पनि कोराना संग मिल्दो जुल्दो लक्षण देखिएको छ’ वडा अध्यक्ष तिमल्सीनाले भने,‘शंकास्पद रहेका गाउँलेको स्बाव संकलन गर्ने काम भईरहेको छ ।’ 
 
उनले केही दिन अघि गाउँमा दुई वटा विवाहको कार्यक्रम भएकाले विवाह समारोहमा आएका संक्रमितबाट गाउँमा संक्रमिण फैलिएको हुनसक्ने वडा अध्यक्ष तिमल्सीनाले बताए ।

‘गएको बैशाख ११ गते र १७ गते सोही ठाउँमा वैवाहिक कार्यक्रम भएको थियो’ वडा अध्यक्ष तिम्सिनाले भने,‘वैवाहिक कार्यक्रममा सहभागी भएका धेरै गाउँले संक्रमित भएको अबस्था छ।’ 

लेटाङ नगरपालिका स्वास्थ्य शाखाका संयोजक महेन्द्र यादवले संक्रमितमध्ये एक जना विराटनगरको नोबेल अस्पतालको कोभिड युनिटमा उपचाररत रहेको र अन्य सबै हाल होम आइसोलेसनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *