Home / Nepal / कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं : कोरोना संक्रमणको जाेखिम बढेकाे कारण कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । परीक्षा आउन ९ दिनमात्र बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो। सोही आशयको पत्र राष्ट्रिय परीक्षा बोर्डमा पठाएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए। सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ। यसका लागि बोर्डमा भोलि बैठक बस्दैछ। बोर्डले ३१ साउनदेखि ९ भदौसम्म परीक्षा गर्ने मिति तय गरेको थियो।

पाँच दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले तत्काल परीक्षा गर्न नसकिने आशयको अभिव्यक्ति दिएका थिए । उनले कक्षा १२ को परीक्षा आन्तरिक मुल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने बताएका थिए । ३१ साउनबाट परीक्षा गराउन बोर्डले सबै तयारी पूरा गरेको बताउँदै आएकाे थियाे । तर बोर्डले स्वास्थ्य मन्त्रालयको दबाबपछि परीक्षा सार्न लागेको बुझिएको छ ।

यस्तै, कोभिड १९ को जाेखिम बढेकाे भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले सरकारलाई दबाब दिँदै ‘ह्यासट्याग क्यान्सिल एनइबी एक्जाम्स’ लेखेका छन् ।

यो वर्षको परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *